प्रवासी नेपाली मञ्च यूकेको नेतृत्व लिन पोखरेल अग्रपंक्तिमा

लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूके यतिखेर नवौं अधिवेशन तयारीमा जुटेको छ । आउंदो १५ जुनमा बेलायतको लेस्टरमा हुन लागेको अधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल, युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तरराष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा बेलायत आउंदैछन् । नवौं […]

Jun 8, 2025 - 12:41
 0
प्रवासी नेपाली मञ्च यूकेको नेतृत्व लिन पोखरेल अग्रपंक्तिमा

लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूके यतिखेर नवौं अधिवेशन तयारीमा जुटेको छ ।

आउंदो १५ जुनमा बेलायतको लेस्टरमा हुन लागेको अधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल, युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तरराष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा बेलायत आउंदैछन् ।

नवौं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले अधिवेशन सरगर्मी अझ बढेको छ ।

यसैबीच, ओएनएफ यूके अध्यक्षमा लेष्टर निवासी समाजसेवी तथा नेता पशुपति पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघि मञ्चको उपाध्यक्ष भइसकेका पोखरेल हाल सदस्य र संघसंस्था समन्वय विभाग प्रमुख छन् ।

वाध्यता वा रहरले विदेश आएपनि नेपालसंग राष्ट्रिय साइनो र पारिवारिक साइनो नमेटियोस् भनेर वंशजको नागरिकता निरन्तरता पहल आफ्नो पहिलो एजेण्डा रहेको पोखरेलले बताए । अन्तर्राष्ट्रिय कमिटीसंग समन्वय गरेर यसमा आवाज बुलन्द गर्ने उनको सोच छ ।

बेलायतस्थित एमाले कार्यकर्ता र संघसंस्थासंग समन्वय गरेर नेपालको समृद्धि अभियानमा आर्थिक, नैतिक सहयोग जुटाउने, नेपालीको हक हित र आपतविपतमा सहयोग गर्ने पवित्र उद्देश्य आफ्नो रहेको पनि उनले बताए ।

वि.सं. २०५३ सालदेखि एमालेको क्रियाशील सदस्य रहेका उनी सन् २००८ मा बेलायत आउनु अघि नेपालमा लामो समय राजनीतिमा क्रियाशील थिए ।

पञ्चायतकालमै ८ कक्षादेखि उनी अनेरास्ववियूमा आवद्ध भए । प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला कमिटी र क्याम्पस प्रारम्भिक कमिटीमा पनि उनले काम गरे ।
बेलायत आएपछि उनी प्रवासी नेपाली मञ्च यूके र एनआरएनए यूकेसंग जोडिए । एनआरएनए यूकेमा दुई पटक निर्वाचन कमिटी सदस्य भइसकेका उनी लेष्टरमा क्रियाशील सृजनशील लेष्टर नेपाल यूकेका पूर्व अध्यक्ष समेत हुन् ।

समाजसेवा समेत उत्तिकै सक्रिय उनले नेपालमा महाभूकम्प र कोभिड महामारीका बेला निकै सहयोग गरेका थिए ।

बुबा हेम प्रसाद शर्मा पोखरेल र आमा चन्द्रकलाको माइलो छोराका रुपमा उनी पाल्पाको साविक सोमादी गाविस तानसिंगल ७ (रैनादेवी छहरा २) मा जन्मिए । हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मंगलापुरमा बसाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register