आइतबार ११.०६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jun 8, 2025 - 10:39
 0
आइतबार ११.०६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । यस कम्पनीको ७२ करोड ९५ लाख १४ हजार ६ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, ओम मेगाश्रीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register