पैँतिस कुईन्टल चिनीसहित पिकअप नियन्त्रणमा 

नवलपरासी।  पश्चिम नवलपरासी प्रहरीले आइतबार ३५ कुईन्टल चिनीसहित पिकअप गाडी पक्राउ गरी  भन्सार चलान गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ वीर दत्त पन्तका अनुसार जिप्रका बाट खटिएको गस्ती टोलीले सरवाल ६ मधवलिया स्थित भित्री सडकमा चेकजाँचका क्रममा उक्त परिमाणमा चिनी पक्राउ गरेको हो । प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा अबैध रूपले […]

Jun 8, 2025 - 18:48
 0
पैँतिस कुईन्टल चिनीसहित पिकअप नियन्त्रणमा 

नवलपरासी। 

पश्चिम नवलपरासी प्रहरीले आइतबार ३५ कुईन्टल चिनीसहित पिकअप गाडी पक्राउ गरी  भन्सार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रनाउ वीर दत्त पन्तका अनुसार जिप्रका बाट खटिएको गस्ती टोलीले सरवाल ६ मधवलिया स्थित भित्री सडकमा चेकजाँचका क्रममा उक्त परिमाणमा चिनी पक्राउ गरेको हो ।

प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा अबैध रूपले भन्सार चाेरी पैठारी गरी  ल्याउदै गरेको अवस्थामा प्रतापपुर गाउँपालिका ३ नन्दपुरका २८ वर्षीय जितेन्द्र काेहारले चलाई ल्याएको लु१ज ३३३६ नम्बरको पिकअप नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेको उक्त ३ हजार ५ सय केजी चिनीकाे अन्दाजी मूल्य १ लाख ७५ हजार रूपैयाँ रहेकाे बताइएको छ ।
प्रहरीले पक्राउ परेको साे चिनी रितपूर्वक बरामद मुचुल्का गरी आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय महेशपुरमा बुझाइएको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register