लन्डन दूतावासमा नेपाल प्रवर्धन इभेन्ट, आरोहीले सुनाए रोचक कथा (तस्विरहरु)

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ नेपालको पर्यटन प्रवर्धन सम्बन्धि विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ । नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्समात्र सहभागी उक्त ऐतिहासिक कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ आफ्नो अनुभव समेत साटासाट गरे । […]

Jun 7, 2025 - 11:23
 0
लन्डन दूतावासमा नेपाल प्रवर्धन इभेन्ट, आरोहीले सुनाए रोचक कथा (तस्विरहरु)

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ नेपालको पर्यटन प्रवर्धन सम्बन्धि विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।

नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्समात्र सहभागी उक्त ऐतिहासिक कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो ।

कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ आफ्नो अनुभव समेत साटासाट गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्यको चर्चा गर्दै नेपाल घुम्न जानैपर्ने गन्तव्यका रुपमा व्याख्या गरे ।

राजदूत घिमिरेले बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै बेलायतीलाई नेपाल भ्रमण गर्न सुझाए ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटनमा सरकारको नीतिबारे प्रष्ट्याए भने नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पर्यटन व्यवसाय कोभिड महामारी अघिकै अवस्थामा फर्किसकेको उल्लेख गर्दै नेपाल विदेशी पर्यटकहरुका लागि सुरक्षित गन्तव्य भएको बताए ।

सो अवसरमा वल्र्ड नेवा अर्गनाइजेसनका अध्यक्ष संयुक्त श्रेष्ठले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा, डा. एमी फ्रीज मरिसले नेपालमा बाघ र कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले आरोहण अनुभव र हिमालमा उद्दार कार्य सम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।

मंगल धुनबाट शुरु कार्यक्रममा स्थानीय कलाकारहरुले कुमारी नृत्य, खुकुरी नृत्य, किरात साकेला, झयाउरे नृत्य र अन्त्यमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कलाकारहरु अस्मिता थापा मगरको कुमारी नृत्य, संयोग जिसीको खुकुरी डान्स, राजदेव, पारु, रुपा र निसुको साकेला, ममता श्रेष्ठको ‘नेपालकी छोरी हुं म…’ गीतमा नृत्य, रिना थापामगरको झ्याउरे डान्स अनि ‘रेशम फिरिरि…’ ले सांझ नेपालमय बनाएको थियो ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो कथा सुनाउने वक्ताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका अतिथीहरु एभरेष्ट इनको स्वादिष्ट खानामा रमाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register