परराष्ट्रमन्त्री राणा र उनका जापानी समकक्षीबीच वार्ता, विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको […]

May 22, 2025 - 11:20
 0
परराष्ट्रमन्त्री राणा र उनका जापानी समकक्षीबीच वार्ता, विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच बिहीबार टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरिन् ।

उनीहरूका बीचमा नेपाल–जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भयो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै छन् ।

मन्त्री डा राणाले जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि सदियौँ पुरानो सम्बन्ध रहेको प्रसंग उल्लेख गर्दै भनिन्, ‘दुई देशबीच भगवान गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो ।’

लुम्बिनीलगायत नेपालको प्राकृतिक सांस्कृतिक अलौकिकताको अध्ययन एवं अवलोकनका लागि नेपालमा बर्सेनि हजारौँ जापानी पर्यटक आउने गरेका भन्दै मन्त्री डा राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि छलफल गरिन् ।

त्यस अवसरमा मन्त्री डा राणाले नेपालले यसै हप्ता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register