अब प्यान नभएकाले पनि मर्चेन्ट क्यूआर कोड पाउने
काठमाडौं । अब स्थायी लेखा नम्बर (प्यान) नलिएका साना व्यापारीहरूले पनि मर्चेन्ट क्यूआर कोड पाउने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित व्यवस्थाअनुसार दैनिक पाँच हजार रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिहरूले आफ्नो आधिकारिक परिचयपत्रको आधारमा मर्चेन्ट क्युआर कोड प्राप्त गर्न सक्नेछन् । यसअघि, यस्तो सुविधा स्थायी लेखा नम्बर लिएका व्यवसायीहरूका लागि मात्र सीमित थियो । उक्त व्यवस्थाअनुसार प्यान लिएका एकल स्वामित्वमा सञ्चालित व्...

What's Your Reaction?






