तोसिमाको प्रश्न : स्वास्थ्य मन्त्रालयमा महिलालाई किन विभेद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव नियुक्तिमा महिलामाथि विभेद भएको आरोप लगाएकी छन् । उनले संसद्‌मा प्रश्न उठाउँदै वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. सङ्गीता कौशल मिश्रलाई पन्छाएर अर्को व्यक्तिलाई सचिव नियुक्त गरिएको विषयमा सरकारको जवाफ माग गरेकी छिन् । “स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ […]

Mar 7, 2025 - 08:12
 0
तोसिमाको प्रश्न : स्वास्थ्य मन्त्रालयमा महिलालाई किन विभेद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव नियुक्तिमा महिलामाथि विभेद भएको आरोप लगाएकी छन् ।

उनले संसद्‌मा प्रश्न उठाउँदै वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. सङ्गीता कौशल मिश्रलाई पन्छाएर अर्को व्यक्तिलाई सचिव नियुक्त गरिएको विषयमा सरकारको जवाफ माग गरेकी छिन् ।

“स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ । सिफारिस र वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा । सङ्गीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो ?,” कार्कीले प्रश्न गरिन् ।

सांसद कार्कीले थप प्रश्न गर्दै भनिन्, “पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग संसद्ले जवाफ माग्नुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register