मधेशमा दर्ता बिनै चलाइएका २० अस्पताल बन्द, एम्बुलेन्स चालकले समेत अस्पताल खोलेको खुलासा ! 

काठमाडौँ । मधेश प्रदेशमा दर्ता बिनै सञ्चालन गरिएका २० अस्पताल बन्द गरिएको छ । शुक्रबार अनुगमन गरिएका २१ अस्पतालमध्ये २० वटा अस्पताल दर्ता बिनै सञ्चालन भइरहेको पाइएपछि बन्द गरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।  उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान नै सञ्चालन गरेर दर्ता बिना सञ्चालित अस्पताल बन्द […]

Mar 7, 2025 - 09:18
 0
मधेशमा दर्ता बिनै चलाइएका २० अस्पताल बन्द, एम्बुलेन्स चालकले समेत अस्पताल खोलेको खुलासा ! 

काठमाडौँ । मधेश प्रदेशमा दर्ता बिनै सञ्चालन गरिएका २० अस्पताल बन्द गरिएको छ । शुक्रबार अनुगमन गरिएका २१ अस्पतालमध्ये २० वटा अस्पताल दर्ता बिनै सञ्चालन भइरहेको पाइएपछि बन्द गरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् । 

उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान नै सञ्चालन गरेर दर्ता बिना सञ्चालित अस्पताल बन्द गराएको बताएका छन् । 

विगतका सरकारले पनि यो अभियान सञ्चालन गर्ने प्रयास गरे पनि विभिन्न धम्कीका कारण काम अघि नबढेको बताउँदै आफूले ज्यानको बाजी लगाएर भए पनि अभियान सुरु गरेको र यो अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यस्तै, मधेश प्रदेशका ८ वटै जिल्लामा नक्कली डाक्टरले जनताको ज्यानसँग खेलवाड गरेको भेटिएको मुख्यमन्त्री शाहको भनाई छ । उनले मापदण्ड नपुगी खोलिएका अस्पतालहरुमा काम गर्ने डाक्टरहरुको एनएमसी नम्बरसमेत नक्कली भेटिएको बताएका छन् । त्यसबाहेक एम्बुलेन्स चालक र अनमी र अहेब पढेकाहरुले पनि अस्पताल सञ्चालन गरेको भेटिएको सिंहको भनाई छ । मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्ने अभियान अब निर्वाध रुपमा अघि बढ्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register