एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित, इतर पक्षका पदाधिकारी सबै विजयी
विराटनगर । नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । एमाले मोरङको दशौं जिल्ला अधिवेशनबाट जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका राई ४ सय ४६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले पुर्व प्रदेशसभा सांसद तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूको समर्थन पाएका राजकुमार ओझालाई पराजित गरेका हुन । ओझाले ४ […]

विराटनगर । नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । एमाले मोरङको दशौं जिल्ला अधिवेशनबाट जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका राई ४ सय ४६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले पुर्व प्रदेशसभा सांसद तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूको समर्थन पाएका राजकुमार ओझालाई पराजित गरेका हुन । ओझाले ४ सय ७ मत पाए ।
अध्यक्षमा राईसँगै उनको प्यानलमा रहेका उपाध्यक्ष सागर थापा ४ सय २२, सचिव सोमराज थापा ४ सय ६२, उपसचिवमा सन्तोष बान्तवा ४ सय ९० र उषा झाले ४ सय १८ मतसहित विजयी भएका हुन् ।
पराजित ओझालाई कोशीमा उपलब्ध प्राय: सम्पूर्ण स्थापित नेताहरू जिताउन लागिपरेका थिए । एमाले उपाध्यक्ष गुरु बराल प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मुख्यमन्त्री हिक्मत कार्की, केन्द्रीय सदस्य जीवन घिमिरे देखि प्रदेश अध्यक्ष घनश्याम खतिवडासम्म ओझाको पक्षमा थिए ।
यता, निर्वाचित भएका राईलाई भने एमाले नेता विनोद ढकालको साथ रहेको थियो । गत वर्ष एमालेको कोशी प्रदेश अध्यक्षमा पराजित बनेका ढकाल पछिल्लो समय विद्या भण्डारी निकट मानिन्छन् । प्रदेश कमिटी अध्यक्षको प्रतिस्पर्धा ताका ओलीले घनश्याम खतिवडालाई ग्रिन सिग्नल दिएपछि ढकाल बिच्किएका थिए ।
अघिल्लो पटक प्रदेश कमिटीको अध्यक्षमा आफूलाई हराउन लागेको ओली निकट समूहलाई ढकालले एमाले मोरङ अधिवेशनबाट बदला लिएको देखिन्छ । निर्वाचित भएका पदाधिकारी सबै इतर पक्षका हुन् । आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताइएको छ ।
What's Your Reaction?






