भद्रपुरमा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस

भद्रपुर, २४ फागुन । झापाको भद्रपुर नगरपालिकामा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका भद्रपुर नगरपालिकाको आयोजना तथा नगरका विभिन्न संघसंस्थाहरुको समन्वयमा आज विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको हो । नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख [...] The post भद्रपुरमा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस appeared first on Jhapa Online.

Mar 8, 2025 - 15:28
 0
भद्रपुरमा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस

भद्रपुर, २४ फागुन । झापाको भद्रपुर नगरपालिकामा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका भद्रपुर नगरपालिकाको आयोजना तथा नगरका विभिन्न संघसंस्थाहरुको समन्वयमा आज विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको हो । नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख पोखरेलले महिलाहरुको हक अधिकार स्थापित गर्न सरकारले विभिन्न ऐन कानून ल्याएको बताउनुभयो । महिला दिवसको शुभकामना दिनुहुँदै उहाँले महिला अधिकार स्थापित गर्न सबै भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै, उप्रमुख राधा कार्कीले नगरपालिकाले महिलाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुहुँदै आगामी दिन थप कार्यक्रमहरु ल्याउने बताउनुभयो । कुनै समय घरको चुलाचौकामा सीमित महिलाहरु अहिले हरेक क्षेत्रमा अब्बल सावित भएको उहाँकाले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला विशेष आतिथ्य रहेको थियो । त्यस्तै, सामाजिक विकास समिति संयोजक सीता ढकाल, समिति सदस्य द्रोणविक्रम कोइराला, जिल्ला प्रहरी महिला सेल प्रमुख प्रहरी निरीक्षक मेहेंगी तामाङ, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा किशोक–किशोरीहरुलाई यौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध सम्बन्धी अभिमूकीकरण (प्रशिक्षण) नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र प्रहरी निरीक्षक मेहेंगी तामाङले दिनुभएको थियो ।

दिवसकै अवसरमा झापा जिल्ला कारागारका महिला बन्दीहरुलाई कुर्सी र टेबुल फेन वितरण गरिएको छ भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका महिला बन्दीका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।

भोलि फागुन २५ गते मेची प्रादेशिक अस्पतालमा मार्च ८ तारिका दिन जम्नेका नवजात शिशुलाई कपडा र सुत्केरी आमालाई पोषणयुक्त खाना वितरण गरिने नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।

विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिबृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको लक्ष्य समेत रहेको छ ।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति नै लिएको छ ।

The post भद्रपुरमा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register