इलामको कन्याममा १५ देशका राजदूत

इलाम, १ बैशाख । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरू आज अपराह्न कन्याम आइपुग्नुभएको हो । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, [...] The post इलामको कन्याममा १५ देशका राजदूत appeared first on Jhapa Online.

Apr 13, 2025 - 19:22
 0
इलामको कन्याममा १५ देशका राजदूत

इलाम, १ बैशाख । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरू आज अपराह्न कन्याम आइपुग्नुभएको हो ।

परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलगायत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गर्नुभएको हो । टोलीलाई नगरपालिकाले कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टेलिया, फ्रान्स, इजरायल, जापानका राजदूत हुनुहुन्छ ।

The post इलामको कन्याममा १५ देशका राजदूत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register