नारी दिवसको अवसरमा महिला अटो चालक पुरस्कृत, वक्तित्वकलामा मंगलीमाया प्रमथ

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले विभिन्न कार्यक्रम गरेर आज ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाले ¥याली, वक्तित्वकला प्रतियोगिता र महिला अटो चालकहरुलाई सम्मान गरेर दिवस मनाएको हो । गाउँपालिकाले दिवसको अवसरमा दुई जना महिला अटो चालकलाई सम्मान गरेको छ । अटो चालक सिता बराईली र लाली कान्छी बाईबालाई नगद चार हजार रुपैयाँ […]

Mar 9, 2025 - 01:23
 0
नारी दिवसको अवसरमा महिला अटो चालक पुरस्कृत, वक्तित्वकलामा मंगलीमाया प्रमथ

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाले विभिन्न कार्यक्रम गरेर आज ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाले ¥याली, वक्तित्वकला प्रतियोगिता र महिला अटो चालकहरुलाई सम्मान गरेर दिवस मनाएको हो ।

गाउँपालिकाले दिवसको अवसरमा दुई जना महिला अटो चालकलाई सम्मान गरेको छ । अटो चालक सिता बराईली र लाली कान्छी बाईबालाई नगद चार हजार रुपैयाँ र प्रमाण पत्र दिएर गाउँपालिकाले सम्मान गरेको हो । सवारी साधन चलाएर साहसिक र आर्थिक रुपमा आफै आत्मनिर्भर हुने काम गरेकाले काममा थप हैसला बढाउन महिला अटो चालकहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

दिवसकै अवसरमा गाउँपालिकाले आयोजना गरेको महिला नेतृत्व विकास र शसक्तिकरणको लागि स्थानीय सरकारको भूमिका बिषयक वक्तित्वकला प्रतियोगितामा देउराली माविका छात्रा मंगलीमाया घलान प्रथम हुनुभएको छ । प्लान इन्टरनेशनल, हेन्डस नेपाल सिन्धुलीको सहयोगमा मरिण गाउँपालिकाले आयोजनामा गरेको प्रतियोगितामा प्रथम हुनुभएको घलानले नगद ५ हजार सहित प्रमाण पत्र पुरस्कार जित्नुभएको छ ।

मावि कपिलाकोटका छात्रा पूर्णिमा धामी द्धितीय भई नगद ४ हजार सहित प्रमाण पत्र पुरस्कार पाउँदा मावि कार्तिकेका छात्रा निर्मला सिँजालीले तृतिय भई नगद ३ हजार सहित प्रमाण पत्र पुरस्कार जित्नुभएको छ । मावि ठूलीदमारका छात्रा सजिना बलले सानत्वना हुदै नगद २ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नुभएको मरिण गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मिना कुमारी गिरीले जानकारी दिनुभयो ।

वक्तित्वकला प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा मावि तहका विद्यालयहरुका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । महिला अटो चालक र विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले महिलाहरुलाई स्वरोजगार बनाउन गार्मेट उद्योग संचालन गरिएको बताउनुभयो ।

उहाँले सो गार्मेट उद्योगमा महिलाहरुले पालिका भित्रको सरकारी कर्मचारीको पोसाक, विद्यालयको पोषाक लगाएत अन्य पोषाकहरु तयार गर्ने बताउनुभयो । मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझीले उत्पिडन, श्रमशोषणमा परेका महिलाहरुको हक अधिकार सुनिश्चित गराउन सबैले पहँल गर्नुपर्ने बताउनुभयो ।

“सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता, र सशक्तिकरण“ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा १ नं वडा अध्यक्ष हिरा बहादुर गुर्मछान, २ नं वडा अध्यक्ष कमल बहादुर आले मगर, ३ नं वडा अध्यक्ष जित बहादुर श्रेष्ठ, ४ नं वडा अध्यक्ष जीत बहादुर काल्तान, ५ नं वडा अध्यक्ष दिपक माझी, ७ नं वडा अध्यक्ष चन्द्र बहादुर थिङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएत महिला दिदि बहिनीहरुको उपस्थिती रहेको थियो । दिवसको अवसरमा सिन्धुलीका सबै स्थानिय तहहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register