प्रधानमन्त्री कपका लागि अनिलको कप्तानीमा मधेसको टोली घोषणा

वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो । मधेसको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दीपेश […]

Mar 9, 2025 - 07:18
 0
प्रधानमन्त्री कपका लागि अनिलको कप्तानीमा मधेसको टोली घोषणा

वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

मधेसको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दीपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् ।

मधेसको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् । सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेसको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register