विराट गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

झापा, २६ फागुन । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक [...] The post विराट गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै appeared first on Jhapa Online.

Mar 10, 2025 - 15:22
 0
विराट गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

झापा, २६ फागुन । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । ३० माघमा पोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।

प्यलेर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए । विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

The post विराट गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register