सिम्रिकको स्वास्थ्य शिविरमा एक हजार चार सयले लिए सेवा

झापा, २८ चैत । सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १हजार ४०० भन्दा बढीले सेवा लिएका छन्। पूर्वी पहाडी जिल्ला इलाम र पाँचथर जिल्लाको ग्रामीण भेगमा आयोजना गरेको स्वास्थ्य शिविरबाट १हजार ४ सय ३४ जनाले सेवा लिएका हुन् । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजना [...] The post सिम्रिकको स्वास्थ्य शिविरमा एक हजार चार सयले लिए सेवा appeared first on Jhapa Online.

Apr 10, 2025 - 08:16
 0
सिम्रिकको स्वास्थ्य शिविरमा एक हजार चार सयले लिए सेवा

झापा, २८ चैत । सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १हजार ४०० भन्दा बढीले सेवा लिएका छन्।

पूर्वी पहाडी जिल्ला इलाम र पाँचथर जिल्लाको ग्रामीण भेगमा आयोजना गरेको स्वास्थ्य शिविरबाट १हजार ४ सय ३४ जनाले सेवा लिएका हुन् । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजना र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ६ र ७ को व्यवस्थापनमा शिकारीभञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट जेनेरल मेडिसिन विभागतर्फ १५५ , मानसिक रोग विभाग तर्फ १५ जना , प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ८७ , बाल रोग विशेषज्ञ २१ , हाड जोर्नी तथा नशारोग विशेषज्ञ सेवा १५४ नाक कान घाँटी ४४ , दन्तरोग ४३ , सल्यक्रिया परामर्शमा २० जना, आँखाको जाँच ९६ , रेडियोलोजी (भिडियो एक्सरे) ४३ जना र प्रयोगशाला ल्याब रगत पिसाब जाँचमा १०२ गरी कुल ८ सय ८३ जनाले सेवा लिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
आफ्नो मातहतको सेवा केन्द्रका सदस्य तथा अन्य स्थानीयलाई सेवा दिइएको उनले जानकारी दिए।

सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालको पहुँचभन्दा टाढा रहेका विपन्न समुदायका नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए । नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक बिशेषज्ञ सहितको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले सामान्य सेवाकालागि अस्पताल धाउनु पर्ने बाध्यतामा रहेका स्थानीयलाई आफ्नै ठाउंमा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएकोमा सिम्रिक साकोसको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

शिविरबाट आफूहरुलाई धेरै नै फाइदा पुगेको सेवा लिन आएका स्थानीयको भनाइ थियो । त्यस्तै संस्थाले पाँचथरको यासोक कुम्मायक गाउँपालिकामा पनि स्वास्थ्य शिविरको आयोजना गरेको छ। गाउँपालिकाको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा ५५१ जनाले सेवा लिएका थिए ।

शिविरबाट जनरल मेडिसन तर्फ ७५ जना, मानसिक रोग विभाग ५ जना, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ४७ जना, बाल रोग विशेषज्ञ ९ जना, हाड जोर्नी तथा नशारोग विशेषज्ञ सेवा ७७ जना, नाक कान घाँटी विशेषज्ञ सेवा ३५, दन्त रोग विशेषज्ञ सेवा ४० जना, शल्यक्रिया परामर्शमा १५ जना, आँखाको जाँचमा ७०, रेडियोलोजी (भिडियो एक्सरे) ६१ जना, मुटुको जाँच इ। सी। जी। ४१ जना र प्रयोगशाला ल्याब ९रगत पिसाब जाँच० ७६ जना गरि जम्मा कुल ५ सय ५१ जनाले विशेषज्ञ सेवा लिएका थिए ।

सिम्रिक सहकारीले बचत तथा ऋणको मात्र कारोबार गर्ने नभई सदस्यको हित र उन्नतीमा बिगतदेखि नै काम गर्दै आइरहेको बताउंदै अध्यक्ष सुवास भट्टराईले यसलाई निरन्तरता दिंदै लगिने जानकारी दिए । उनले आर्थिक अभावकै कारण सामान्य स्वास्थ्य परिक्षणकालागि पनि घरमै रोग पालेर बस्नु पर्ने बाध्यताका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए । उनले उस अघि पनि झापाका बिभिन्न पालिकामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकिएको जानकारी दिए ।

The post सिम्रिकको स्वास्थ्य शिविरमा एक हजार चार सयले लिए सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register