अमेरिकी सेनाले रोक्यो लिङ्ग परिवर्तन गरेका व्यक्तिहरूको भर्ती

काठमाडौं । अमेरिकी सेनाले ट्रान्सजेन्डर (लिङ्ग परिवर्तन गरेका) व्यक्तिहरूको भर्ती रोकेको छ । सेनाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो । ‘अमेरिकी सेनाले अब ट्रान्सजेन्डर मानिसहरूलाई सेनामा सामेल हुन अनुमति दिने छैन र सेनामा पहिले नै रहेकाहरूका लागि लिङ्ग परिवर्तन प्रक्रियाहरू पनि बन्द गर्नेछ,’ जसमा भनिएको छ । अमेरिकी सेनाले यो आदेश तत्काल […]

Feb 15, 2025 - 04:33
 0
अमेरिकी सेनाले रोक्यो लिङ्ग परिवर्तन गरेका व्यक्तिहरूको भर्ती

काठमाडौं । अमेरिकी सेनाले ट्रान्सजेन्डर (लिङ्ग परिवर्तन गरेका) व्यक्तिहरूको भर्ती रोकेको छ । सेनाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो ।

‘अमेरिकी सेनाले अब ट्रान्सजेन्डर मानिसहरूलाई सेनामा सामेल हुन अनुमति दिने छैन र सेनामा पहिले नै रहेकाहरूका लागि लिङ्ग परिवर्तन प्रक्रियाहरू पनि बन्द गर्नेछ,’ जसमा भनिएको छ ।

अमेरिकी सेनाले यो आदेश तत्काल लागू गरेको जनाइएको छ । यसबाहेक, अमेरिकी सेनाले लिङ्ग डिसफोरियाबाट पीडित व्यक्तिहरूलाई सम्मान गर्ने बारेमा कुरा पनि कुरा गरेको छ ।

सेनाले भनेको छ, ‘लैङ्गिक डिसफोरियाबाट पीडित व्यक्तिहरू स्वेच्छाले हाम्रो देशको सेवा गर्न अगाडि आएका छन् र उनीहरूलाई सम्मान र मर्यादाका साथ व्यवहार गरिने छ ।’

दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रुपमा कार्यरत डोनाल्ड ट्रम्प पहिले नै ट्रान्सजेन्डरहरूप्रति कडा रुपमा प्रस्तु हुँदै आएका छन्् । राष्ट्रपतिको पदभार ग्रहण गर्ने बित्तिकै उनले जन्मको समयमा लिङ्गको आधारमा लिङ्ग पहिचान सीमित गर्ने आदेश जारी गरेका थिए ।

यद्यपि, ट्रम्पको आदेशविरुद्ध एक निवेदन दायर गरिएको थियो, जसमा ट्रान्सजेन्डर व्यक्तिहरूविरुद्ध भेदभाव र उनीहरूको संवैधानिक अधिकारको हनन भएको आरोप लगाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register