बिएलई परीक्षामा चिट चोर्ने ३२ जना विद्यार्थी निष्कासित

मुगु।  जिल्लाको सोरु गाउँपलिकाको शिक्षा शाखाले पालिका स्तरीय बिएलई (कक्षा–८ आधारभूत तह)को परीक्षामा ३२ जना परीक्षार्थीहरूलाई परीक्षा हलबाट निष्कासन गरेको छ । गाउँपालिकाको शिक्षा शाखाबाट बिएलई परीक्षा अनुगमनमा खटिएको अनुगमन टोलिले परीक्षा संचालन भएको पहिलो दिन नेपाली विषयमा परीक्षा दिई रहेका गुरु माध्यमिक विद्यालय  भिँई परीक्षा केन्द्रबाट जनज्योति माध्यमिक विद्यालय नाथर्पु र गुरु माध्यामिक विद्यालय […]

Mar 11, 2025 - 09:44
 0
बिएलई परीक्षामा चिट चोर्ने ३२ जना विद्यार्थी निष्कासित

मुगु। 

जिल्लाको सोरु गाउँपलिकाको शिक्षा शाखाले पालिका स्तरीय बिएलई (कक्षा–८ आधारभूत तह)को परीक्षामा ३२ जना परीक्षार्थीहरूलाई परीक्षा हलबाट निष्कासन गरेको छ ।

गाउँपालिकाको शिक्षा शाखाबाट बिएलई परीक्षा अनुगमनमा खटिएको अनुगमन टोलिले परीक्षा संचालन भएको पहिलो दिन नेपाली विषयमा परीक्षा दिई रहेका गुरु माध्यमिक विद्यालय  भिँई परीक्षा केन्द्रबाट जनज्योति माध्यमिक विद्यालय नाथर्पु र गुरु माध्यामिक विद्यालय भिँईका २१ जना परिक्षार्थीहरु र दोस्रो दिन अर्को परीक्षा केन्द्र रारा माध्यमिक विद्यालय कच्चेबाट सामाजिक विषयमा परीक्षा दिइरहेका रारा माध्यमिक विद्यालय कच्चे र बाल जनज्योति माध्यमिक विद्यालय गिलाहाँका ११ जना गरी दुई परीक्षा केन्द्रका ३२ जना परीक्षार्थीहरु परीक्षा हलमा चिट चोरेको कारण निष्कासन गरेको हो ।

निरन्तर अध्ययनमा विद्यालयको कक्षामा समय नदिने ,चिट चोरेकै भरमा उत्तिण भईन्छ भन्ने मनसायले परीक्षामा मात्र सामेल हुने प्रविधिले गर्दा सोरु गाउँपालिकामा शिक्षाको अवस्था खस्किरहेको छ।  उक्त चिटको भरमा पास भइन्छ भन्ने बिद्यार्थी र अभिभावकको मानसिकतालाई अब आउँदा दिनहरूमा विद्यालयको पठनपाठनमा निरन्तर सहभागी भएर आफै केही गर्ने उत्साह मिलोस भन्ने हेतुले चिट चोर्ने परीक्षार्थी हरुलाई परीक्षा हलबाट निष्कासन गरिएको थियो सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले बताए ।

शैक्षिक सत्रको सुरुमै विद्यालयको पठपाठनमा सम्बन्धित निकायहरुले बिधालयहरुमा अनुगमन नगर्ने तर परीक्षा चल्ने समयमा मात्र अनुगमन गर्ने गरेको एकथरी स्थानीयले गुनासो गरेका छन् भने अर्को थरि स्थानीयहरुले भने अब शिक्षा क्षेत्रलाई बलियो बनाउनको लागी शैक्षिक सत्रको सुरुमै अनुगमन गर्ने र परीक्षामा पनि कडाइ गर्दा शिक्षाको क्षेत्र बलियो र थप प्रभावकारी बन्ने बताएका छन् ।

आइतबारदेखि सोरु गाउँपालिकामा सुरु भएको विएलई परीक्षामा आइतबार नेपाली र सोमबार सामाजिक विषयको परीक्षा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register