मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक यादवको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ । सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती […]

Mar 11, 2025 - 13:39
 0
मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक यादवको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोवेल अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको दरबन्दी नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी गणमा रहेको बताइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register