रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

 काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक ६ दिन म्याद थप भएको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई यसअघि पक्राउ परेको मितिले ५ दिनको म्याद पाएर मंगलबारसम्म प्रहरीले अनुसन्धान गरिरहेको थियो । काठमाडौं जिल्ला अदालतका […]

Apr 2, 2025 - 14:26
 0
रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

 काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक ६ दिन म्याद थप भएको छ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई यसअघि पक्राउ परेको मितिले ५ दिनको म्याद पाएर मंगलबारसम्म प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतले बुधबार थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । अन्य ११ जनालाई आपराधिक उपद्रव र संगठित अपराधसँगै राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई प्रहरीले घटना घटेकै दिन शुक्रबार पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register