पाकिस्तानमा आतंककारीहरुले नियन्त्रणमा लिए यात्रुवाहक रेल 

काठमाडौँ ।  पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतंककारीहरुले नियन्त्रणमा लिएका छन् । यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरुले नियन्त्रणमा लिएको जियो न्युजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ । आतंककारीहरूले सुरुङमा रेल […]

Mar 11, 2025 - 15:44
 0
पाकिस्तानमा आतंककारीहरुले नियन्त्रणमा लिए यात्रुवाहक रेल 

काठमाडौँ । 

पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतंककारीहरुले नियन्त्रणमा लिएका छन् ।

यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरुले नियन्त्रणमा लिएको जियो न्युजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आतंककारीहरूले सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका थिए । साथै उनीहरुले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको रिपोर्टमा उल्लेख छ ।

बलुचिस्तान सरकारले आपतकालीन उपायहरू लागू गरेको छ र सबै संस्थाहरूलाई परिस्थितिसँग जुध्न परिचालन गरिएको जानकारी दिएको छ । यसैबीच, सिबी र सिभिल अस्पताल क्वेटामा आपतकालीन अवस्था लागू गरिएको छ। प्रान्तीय स्वास्थ्य विभागका अनुसार, सबै चिकित्सा र प्यारामेडिकल कर्मचारीहरूलाई सिभिल अस्पतालमा बोलाइएको छ र आपतकालीन अवस्थासँग जुध्न धेरै वार्डहरू खाली गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register