दमकबाट प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

दमक, २८ फागुन । झापाको दमकबाट प्रतिबन्धित औषधिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका दमक नगरपालिका–६ अनामटोलस्थितमा प्रतिबन्धित औषधीहरु बेचबिखन गर्ने उद्देश्यले राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका बलबहादुर थापाको घरमा कोठा भाडा लिई बस्दै आएका दमक–५ का ३२ वर्षीय सुरज गुरुङको कोठामा उनीसहित [...] The post दमकबाट प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Mar 12, 2025 - 01:40
 0
दमकबाट प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

दमक, २८ फागुन । झापाको दमकबाट प्रतिबन्धित औषधिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुका दमक नगरपालिका–६ अनामटोलस्थितमा प्रतिबन्धित औषधीहरु बेचबिखन गर्ने उद्देश्यले राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका बलबहादुर थापाको घरमा कोठा भाडा लिई बस्दै आएका दमक–५ का ३२ वर्षीय सुरज गुरुङको कोठामा उनीसहित सोही स्थानका १८ वर्षीय अंकितबहादुर थापा मगर र दमक–४ का छितिज फागोलाई पक्राउ गरेको हो ।

उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा उक्त कोठाभित्र रहेको स्टिलको दराजको सेफ बक्समा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको २६ पत्ता (२६० क्याप्सुल) र SPASPAIN ३५ पत्ता (३५० चक्की) फेला पारी बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकबाट प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register