कनकाई कप भलिबल प्रतियोगिताको उपाधी मोरङको बेलबारीलाई

कनकाई, ८ माघ । सुुुरुङ्गा जेसिज सुरुङ्गाको आयोजनामा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ । ‘कनकाई कप–२०८१’ को उपाधीका लागि मंगलबार मोरङको बेलबारी नगरपालिका र भारत सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ [...] The post कनकाई कप भलिबल प्रतियोगिताको उपाधी मोरङको बेलबारीलाई appeared first on Jhapa Online.

Jan 21, 2025 - 14:49
 0
कनकाई कप भलिबल प्रतियोगिताको उपाधी मोरङको बेलबारीलाई

कनकाई, ८ माघ । सुुुरुङ्गा जेसिज सुरुङ्गाको आयोजनामा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ ।

‘कनकाई कप–२०८१’ को उपाधीका लागि मंगलबार मोरङको बेलबारी नगरपालिका र भारत सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप बिजेता सिक्किमको पाउना टोली टिभिएले भने नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

बेस्ट अफ फाएभको खेलको पहिलो सेटमा टिभिएले २५–२० को स्कोरले बेलबारिलाई पछि पारेको थियो भने दोस्रो सेटमा बेलबारीले २५–२१ को स्कोरले बराबरी गरेको थियो । तेस्रो सेटमा टिभिएले पुनः २५–२२ को स्कोरले अग्रता लसएको थियो । चौथो सेटमा बेलबारीले २५–१५ को स्कोरले बराबरी गरेको थियो । खेलको पाचौं सेटमा बेलबारिले टिभिएलाई १५–१३ को स्कोरले पछि पारेर विजय हासिल गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा पाँच बिधाका उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । बेष्ट डिफेन्सर टिभिएका अनुप राई, बेष्ट स्पाकर बेलबारीका दिेपेश क्षेत्री, बेष्ट बलकर बेलबारीका ऋणि घिमिरे, बेष्ट सर्वर टिभिएका पर्शुराम शर्मा र बेष्ट सेटर रिदेन बिष्टलाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडीका रुपमा बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन प्रदान गरिएको थियो । म्यान अफ द म्याच बेलबारीका पदम खड्का भएका थिए ।

बिजेताहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका बिशिष्ठ अतिथि राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, जनप्रतिनिधि, सुरुङ्गा जेसीजका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, कनकाई नगर खेलकूद समितिका अध्यक्ष जविन तिम्सिना, धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा,जेसीजका पूर्व अध्यक्षहरु, जविन तिम्सिना , शिवकुमार कँडेल, एलपी उप्रेती लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रमकाबिच पाँच जना पूर्व राष्ट्रिय भलिवल खेलाडीहरुलाई सम्मान गरिएको थियो । दिेपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र संजय अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी क्यान्सर रोगी मुना काफ्ले खनाल र दुवै मृगौला खराव भएकी फूलमाया श्रेष्ठलाई जनही नगद ११ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराएको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको थियो । त्यस्तै सम्पुर्ण ट्रफि कनकाई सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको थियोे ।त्यस अघि कनकाई नगरपालिका र झापा गाउँपालिकाबीच महिला टोलीको मैत्रीपूर्ण खेल समेत भएको थियो । जसमा कनकाई नगरपालिकाको टोली विजेताले भएपनि दुबै टोलीलाई नगद सहित ट्रफी समेत उपलब्ध गराएको थियोे ।

सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) को अध्यक्षतामा भएको समापन खेलको उद्घाटन सत्रमा झापा क्षेत्र नं. ४ का संघिय सांसद लालबहादुर साँवाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम प्रमुख अतिथि सावा , विषिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , अतिथिहरु कनकाई ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल , खेलको प्रमुख प्रायोजक पशुपति अंग्रेजी बिद्यालयका संचनलक एलपी उप्रेती झापा जिल्ला प्याव्यनका बरिस्ठ उपाध्यक्ष एचके पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

जनप्रतिनिधिहरु , बिभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधि , स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक ब्यक्तित्व , खेलमा आवद्ध व्यक्तित्वहरुको आतिथणयतामा भएको कार्यक्रममा वेसिजका पुर्व अध्यक्षहरु जनक कार्की , सरला दाहाल पोखरेल ,कमल कटेल, उषा उप्रेती,मोतिखर ओझा , सुस्मा न्यौपाने , सुरुङ्गा जेसीज सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान साथै खेल प्रेमीहरुको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत प्रतियोगिताका संयोजक जेनिस चौलागाईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रिसव सिंह चाहारले गर्नुभएको थियो ।

The post कनकाई कप भलिबल प्रतियोगिताको उपाधी मोरङको बेलबारीलाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register