यू १९ साफमा नेपाल र भारत एकै समूहमा

काठमाडौं । भारतमा मेमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । दक्षिण एसियाका पाकिस्तान बाहेक बाँकी ६ टिमलाई ३ पटमा राखेर ड्र गरिएको थियो । जसअनुसार नेपाल समूह बी मा परेको छ र नेपालले भारत र श्रीलंकासँग समूहगत खेलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ए मा माल्दिभ्स, बंगलादेश […]

Mar 12, 2025 - 03:59
 0
यू १९ साफमा नेपाल र भारत एकै समूहमा

काठमाडौं ।


भारतमा मेमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।


दक्षिण एसियाका पाकिस्तान बाहेक बाँकी ६ टिमलाई ३ पटमा राखेर ड्र गरिएको थियो । जसअनुसार नेपाल समूह बी मा परेको छ र नेपालले भारत र श्रीलंकासँग समूहगत खेलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, समूह ए मा माल्दिभ्स, बंगलादेश र भुटान परेका छन् । सिनियर टोलीको फिफा वरियताको आधारमा टोलीलाई ३ पटमा विभाजन गरिएको थियो । साविक विजेता भारत र माल्दिभ्स पट ए मा, नेपाल र भुटान पट बी तथा बंगलादेश र श्रीलंका पट सी मा राखिएको थियो ।

प्रतियोगिता आगामी मे ८ देखि १७ सम्म भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुनेछ । खेलहरु गोल्डेन जुबली स्टेडियम युपियामा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register