शिवसताक्षी–१० माइधारमा ‘निमुखाको उठिबास लगाउने खेल’ !

माइधार, २८ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ । शिवसताक्षी–१० माइधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउण्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार पीडित बनेको हो । थपलिया परिवारले न्यायका लागि सम्बन्धीत पक्षसँग आग्रह गरेको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल [...] The post शिवसताक्षी–१० माइधारमा ‘निमुखाको उठिबास लगाउने खेल’ ! appeared first on Jhapa Online.

Mar 12, 2025 - 15:23
 0
शिवसताक्षी–१० माइधारमा ‘निमुखाको उठिबास लगाउने खेल’ !

माइधार, २८ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ ।

शिवसताक्षी–१० माइधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउण्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार पीडित बनेको हो । थपलिया परिवारले न्यायका लागि सम्बन्धीत पक्षसँग आग्रह गरेको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल नबाउन र भोगचलन नगर्न पत्र पठाएपछि थपलिया परिवार पीडित बनेको छ ।

२०२५ सालमा फडानी गरेर ०३२ सालदेखि घर धुरीकर तिर्दै आएको र सो भोतभोग गर्दै आएको जग्गामा नगरले निर्माण कार्य रोक लगाएको थपलियाकी छोरी हरिमाया थपलियाले बताइन् । २ कठ्ठा १७ धुर जग्गा आफूहरुले जोतभोग गरिरहेको र त्यसलाई पर्खाल लगाएको उनको भनाइ छ ।

शिवसताक्षी नगरको न्यायिक समितले शान्ति सुरक्षा कार्यन्वयन गरिदिन भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेलाई निवेदन गत फागुन २६ गते पत्र पठाएको र सोही दिन आदेशको जानकारी कार्यन्वयन गरी मेलमिलापको लागि उपस्थित हुने सम्बन्धमा थपलिया परिवारलाई पत्र पठाएको छ ।

पत्र प्राप्तसँगै रामप्रसाद थपलिया बिरामी भएर हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आइसियुमा उपचाररत रहेका उनकी छोरी हरिमाया थपलियाले बताइन् । ‘यो क्षेत्रमा सबै ऐलानी जग्गामै बसेका छन्’, हरिमायाले भनिन्, ‘सबैले भोतभोग गरेको जग्गा सुरक्षित गर्न पर्खाल लगाएका छन्, तर हामीले पर्खाल लगाउँदा केही व्यक्तिले नगरमा निवेदन हालेर दुःख दिएका छन् ।’

‘दुई जना दाजु भए पनि पनि सिधा छन् उनीहरुले केही गर्न सक्दैनन, आमा पनि त्यस बिषयमा केही गर्न सक्ने अवस्था हुनुहुन्न, बिरामी बुबा त्यस बिषयले झन् बिरामी भएर अस्पतालमा हुनुहुन्छ’, उनले भनिन् ।

छिमेकी मन्जु राजवंशीले पनि थपलिया परिवारलाई अन्याय गरिएको बताइन् । उनले थपलिया परिवार धेरै पुराना बसोबास गर्ने मध्ये एक भएको र उनीहरुले नै सो जग्गा भोतभोग गर्दै आएको बताएकी छिन् । थपलियाकी अर्की छोरी मनिषा थपलियाले आफूहरुले भोतभोग गर्दै आएको जग्गामा निर्माण कार्य गर्दा केही व्यक्तिहरुले धम्काउने हुँदाहुँदै नगरले समेत पत्र पठाएको विषयप्रति आपत्ति जनाएकी छिन् । उनले नगरले पक्कै न्याय दिनेमा आफू आशावादी रहेको बताएकी छिन् ।

यता, जग्गा विवादका विषयमा स्थानीय बेनुप्रसाद संग्रौलासहित तीन जनाले नगरपालिकामा निवेदन दिएपछि निर्माणाधीन पर्खाल निर्माण कार्य रोकिएको नगर उप–प्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनका अनुसार निवेदन परेकाले दुवै पक्षलाई राखेर छलफल गर्न लागिएको हो । कुनै पनि योजनामा विवाद आएपछि निर्माण कार्य बन्द गरिने र त्यसको समाधान खोजिने भएकाले हाललाई निर्माण कार्य रोकिएको उपमेयर कार्कीले बताइन् ।

सो समस्या निवर्तमान मेयर र उप–मेयरको कार्यकालदेखिकै भएकाले यथार्थ के हो त्यसका लागि दुवै पक्षलाई छलफल तथा सम्वादका लागि बोलाइएको उनले बताइन् ।

यता, एक स्थानीयबासीले थपलिया परिवार सोझो सिधा भएकाले केही व्यक्तिको हेपाइमा परेको बताए । उनले आफूले जन्मेदेखि सो स्थानमा थपलिया परिवार रहेको पाएको बताए । सो जग्गा उनीहरुले जोतभोग गरिरहेकाले जग्गामा उनीहरुकै अधिकार रहेको उनको भनाइ छ । राजनीतिक रुपमा शक्ति देखाएर निमुखाको उठिबास लगाउने प्रपञ्च गर्न खोजिएको उनको भनाइ छ ।

The post शिवसताक्षी–१० माइधारमा ‘निमुखाको उठिबास लगाउने खेल’ ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register