किन लाग्छ दाँतमा किरा ?

तपाईँको दाँतमा किरा लागेको छ ? छैन ? छैन भने ठिकै छ । यदीे छ भने त बेला बेलामा दुखाईको अनुभव पनि लिइरहनु भएको छ होला ? तपाईँ मात्रै होइन नेपालमा झण्डै ८० प्रतिशत बढी मानिसहरु दाँतमा किरा लाग्ने समस्याबाट ग्रसित छन् । दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो [...] The post किन लाग्छ दाँतमा किरा ? appeared first on Jhapa Online.

Feb 15, 2025 - 08:37
 0
किन लाग्छ दाँतमा किरा ?


तपाईँको दाँतमा किरा लागेको छ ? छैन ? छैन भने ठिकै छ । यदीे छ भने त बेला बेलामा दुखाईको अनुभव पनि लिइरहनु भएको छ होला ? तपाईँ मात्रै होइन नेपालमा झण्डै ८० प्रतिशत बढी मानिसहरु दाँतमा किरा लाग्ने समस्याबाट ग्रसित छन् ।

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छौ । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र यो दाँतको सबैभन्दा कमजोर भाग हो ।

हाम्रो मुख भित्र हुने ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दाँत र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट दाँतको भित्रीभागमा छिर्छ । र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।

एसिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भागहरु फोडन गाह्रो हुदैन । इनामेल फोडेसंगै ब्याक्टेरियाले भित्र थप खोल्स्याउदै जान्छ । जब दाँतमा खोल्सिदै जान्छ, खानेकुराहरु त्यही गएर अडकन्छ, र जब अडकन्छ थप एसिड उत्पादन हुन थाल्छ । झनझन दाँत खोक्रिदै जान्छ ।

गुलियोले मात्रै विगार्ने होइन दाँत

विशेषगरी बालबालिकालाई गुलियो खानेकुरा दिदा दाँत किराउछ भन्ने भ्रम छ । गुलियो मात्रै होइन जुनसुकै खाद्यपदार्थले पनि दाँत विगार्छ । यदि त्यो दाँतमा रहयो भने । तर के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरु चिप्कने र त्यहिबाट एसिड उत्पादन सुरु हुने र दाँत किराएको देखिने भने सही हो । तर चिनीपानी, मह जस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा जब दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत विगार्ने हो ।

दाँत जोगाउन के गर्ने ?

–विहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त मन्जनले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने ।

–बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने । त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ ।

–कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन ।

–बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।

–हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।।एजेन्सी

The post किन लाग्छ दाँतमा किरा ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register