हुम्लाका हिमपहिरो पीडितलाई राहत पुर्‍याउन ढिलाइ गरेको भन्दै सांसद शाहीको आपत्ति

काठमाडौं । हुम्लाको नाम्खामा उद्दार तथा राहतमा ढिलाइ भएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले हुम्लामा राहत तथा उद्दारका लागि हेलिकप्टर नपुगेको भन्दै विरोध जनाएका हुन् । ‘राज्यमन्त्री घुम्न जाँदा हेलिकप्टरमा जाने हुम्लामा हिमपहिरोमा जाँदा उद्दारत तथा राहतका लागि हेलिकप्टर पुर्‍याउन नसक्ने कस्तो सरकार हो यो?’ उनको प्रश्न […]

May 20, 2025 - 07:15
 0
हुम्लाका हिमपहिरो पीडितलाई राहत पुर्‍याउन ढिलाइ गरेको भन्दै सांसद शाहीको आपत्ति

काठमाडौं । हुम्लाको नाम्खामा उद्दार तथा राहतमा ढिलाइ भएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले हुम्लामा राहत तथा उद्दारका लागि हेलिकप्टर नपुगेको भन्दै विरोध जनाएका हुन् । ‘राज्यमन्त्री घुम्न जाँदा हेलिकप्टरमा जाने हुम्लामा हिमपहिरोमा जाँदा उद्दारत तथा राहतका लागि हेलिकप्टर पुर्‍याउन नसक्ने कस्तो सरकार हो यो?’ उनको प्रश्न छ ।

जेठ १ गते नाम्खामा हिम पहिरो गएको थियो । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् ।  लेदो सहितको पहिरोका कारण  ३२ जना विस्थापित भएका छन् ।
गृहमन्त्री रमेश लेखकले सोमबार सुरक्षा संयन्त्रको बैठक राखेर त्यहाँ उद्दार तथा राहतको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register