च्याम्पियन बन्न सकेन नेपाल

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्याण्ड भने च्याम्पियन बनेको छ । थाइल्याण्डले दिएको १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको […]

May 20, 2025 - 07:21
 0
च्याम्पियन बन्न सकेन नेपाल

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्याण्ड भने च्याम्पियन बनेको छ ।

थाइल्याण्डले दिएको १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनायो ।

नेपालका लागि कविता कुँवरले २४, राजमती ऐरीले २० र रुबिना क्षेत्रीले १२ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ विकेट लिइन् । थिपाचा पुथावाङ्गले ३ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको थाइल्याण्डले पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register