चैतमा अधिकांश बैंकहरुको ब्याजदर स्थिर, हिमालयन र नेपाल बैंकले घटाउँदा कुमारी बैंकले भने ब्याजदर बढायो

काठमाडौँ । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । चैतका लागि बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार १६ मध्ये १३ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । तर, नयाँ ब्याजदर सार्वजनिक गरेका १६ मध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले चैतमा ब्याजदर बढाएको छ । ब्याजदर घटाउनेमा नेपाल […]

Mar 14, 2025 - 03:29
 0
चैतमा अधिकांश बैंकहरुको ब्याजदर स्थिर, हिमालयन र नेपाल बैंकले घटाउँदा कुमारी बैंकले भने ब्याजदर बढायो

काठमाडौँ । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । चैतका लागि बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार १६ मध्ये १३ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

तर, नयाँ ब्याजदर सार्वजनिक गरेका १६ मध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले चैतमा ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउनेमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन् । नेपाल बैंकले चैतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.१ प्रतिशतबिन्दुले घटाएको छ भने हिमालयन बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.७५ प्रतिशतबिनदुले घटाएको छ ।

त्यस्तै, चैतमा कुमारी बैंकले भने ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतबिन्दुले बढाएको हो । अन्य बैंकहरुले भने चैतका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छैनन् । यद्यपि बाँकी बैंकहरुले पनि चैतकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना बढी रहेको बैंकहरहरुको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register