राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी, अब डिजिटलमा रूपान्तरण गरिने

झापा, १६ जेठ । सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् । राष्ट्रिय परिचयपत्रको [...] The post राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी, अब डिजिटलमा रूपान्तरण गरिने appeared first on Jhapa Online.

May 30, 2025 - 04:39
 0
राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी, अब डिजिटलमा रूपान्तरण गरिने

झापा, १६ जेठ । सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा छपाइको जिम्मा विभागको हो । अहिले छपाइ हुँदै आएको राष्ट्रिय परिचयपत्रमा चिप्स र क्युआर कोड दुवै प्रयोग गरिएको हुन्छ । चिप्सको लागि कार्ड छपाइ आवश्यक हुन्छ । तर, पछिल्लो समयमा चिप्सको काम समेत क्युआर कोडको सिस्टम आएपछि चिप्सको कार्ड छपाइ आवश्यक हुन छोडेकोले कार्ड छपाइ बन्द गर्ने तयारी गरेको कट्टेल बताउँछन् ।

The post राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी, अब डिजिटलमा रूपान्तरण गरिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register