घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू

काठमाडौं । घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू भएको छ । शनिबार साँझ घटाइएको मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो […]

Mar 16, 2025 - 00:47
 0
घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू

काठमाडौं । घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू भएको छ । शनिबार साँझ घटाइएको मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

सम्बन्धित समाचार :

इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register