सत्तापक्षीय संयन्त्र गठनमा शेखरको विरोध, सरकारको एमालेकरण भइरहेको आरोप

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र र स्थानीय तहसम्मका सरकार सञ्चालनका लागि सत्तारुढ दलको संयन्त्रको विरोध गरेका छन् । नेपाल प्रेस युनियनहरूको जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै उनले संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको बताएका हुन् । संयन्त्रमार्फत सरकार चलाउने कदम गलत भएको उनले बताए । ‘संयन्त्रमार्फत सरकार चलाउने काम कम्युनिस्टहरूले मात्रै गर्छन् […]

Feb 18, 2025 - 05:24
 0
सत्तापक्षीय संयन्त्र गठनमा शेखरको विरोध, सरकारको एमालेकरण भइरहेको आरोप

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र र स्थानीय तहसम्मका सरकार सञ्चालनका लागि सत्तारुढ दलको संयन्त्रको विरोध गरेका छन् ।

नेपाल प्रेस युनियनहरूको जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै उनले संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको बताएका हुन् । संयन्त्रमार्फत सरकार चलाउने कदम गलत भएको उनले बताए ।

‘संयन्त्रमार्फत सरकार चलाउने काम कम्युनिस्टहरूले मात्रै गर्छन् । लोकतन्त्रमा यस्ता संयन्त्रले देश चलाउँदैन । केन्द्रमात्रै होइन स्थानीय तह पनि संयन्त्रबाट चलाउन लागिरहेको छ । मलाई संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको छ की भन्ने चिन्ता लागेको छ,’ उनले भने ।

नेता कोइरालाले सरकारले ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् । सुशानको आश राखेर सरकार सञ्चालन गर्न दिएपनि सरकारले उक्त अपेक्षा पुरा गर्न नसकेको उनले बताए । सरकारका कदमले लोकतन्त्रलाई कमजोर बनाइरहेको उनको मत छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register