संसदमा रघुजीले राजाहरूको काण्ड सुनाएपछि ज्ञानबहादुर शाहीको विरोध

काठमाडौं। एमाले संसद् रघुजी पन्तले संसद्को विशेष समयमा राजाहरूको काण्ड सुनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले उठेर विरोध जनाएका छन् । आफ्नै वंशको बहादुर शाहलाई मारेको,  रणबहादुर शाहले उपद्रो मच्चाएको, राजेन्द्र विक्रम शाहको पालामा कोतपर्व गरेको घटना उनले सुनाएका थिए । यस्तै,  त्रैलोक्य विक्रमलाई युवराज छँदा विष खुवाइएको उनले उल्लेख गरे । यस्तै उनले […]

Mar 16, 2025 - 06:47
 0
संसदमा रघुजीले राजाहरूको काण्ड सुनाएपछि ज्ञानबहादुर शाहीको विरोध

काठमाडौं। एमाले संसद् रघुजी पन्तले संसद्को विशेष समयमा राजाहरूको काण्ड सुनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले उठेर विरोध जनाएका छन् ।

आफ्नै वंशको बहादुर शाहलाई मारेको,  रणबहादुर शाहले उपद्रो मच्चाएको, राजेन्द्र विक्रम शाहको पालामा कोतपर्व गरेको घटना उनले सुनाएका थिए । यस्तै,  त्रैलोक्य विक्रमलाई युवराज छँदा विष खुवाइएको उनले उल्लेख गरे । यस्तै उनले राजा त्रिभुवनले दिल्लीको कलकत्ताका क्लबमा उनले रसरङ्ग मच्चाएपछि नेहरुले विरोध गरेको उल्लेख गरे । यसपछि ज्ञानबहादुर शाहीले विरोध जनाएका हुन् ।

पन्तले बोलिरहँदा शाहीले संसद्मा जे पायो त्यही बोल्न पाइन्छ भनेर प्रश्न गरेका थिए । त्यसको प्रत्युत्तरमा पन्तले भने,’जुम्लामा हाहु गरेर आएको जस्तो होइन । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने,’ उनले भने ।

राजाको सेवामा तल्लीनहरूलाई गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रपति बनेको कुरा नपचेको उनले उल्लेख गरे ।

सांसद्वयबीच नोकझोक भएपछि अभिव्यक्ति दिँदा सत्य, तथ्य  र तर्कमा बोल्न सांसदको ध्यानाकर्षण गराएका छन् । कसैलाई अरूले राखेको तर्कमा विमति भएमा विधिवत् ढंगबाट खण्डनन् गर्न ध्यानाकर्षण गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register