राजासहितको प्रजातन्त्र र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ : ज्ञानबहादुर शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा ल्याउँदैमा लोकतन्त्र नमासिने बनाएका छन् । संसद्को विशेष समयमा बोल्दै उनले राष्ट्रपतिको स्थानमा राजा राख्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था आफूहरूको माग रहेको बताएका हुन् । ‘राजा ल्याउँदैमा लोकतन्त्र मासिँदैन । लोकतन्त्रभित्रको उत्तम व्यवस्थामा हामी जान चाहेका हौँ । राष्ट्रपतिको ठाउँमा राजा राखौँ, प्रत्यक्ष निर्वाचित […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा ल्याउँदैमा लोकतन्त्र नमासिने बनाएका छन् ।
संसद्को विशेष समयमा बोल्दै उनले राष्ट्रपतिको स्थानमा राजा राख्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था आफूहरूको माग रहेको बताएका हुन् । ‘राजा ल्याउँदैमा लोकतन्त्र मासिँदैन । लोकतन्त्रभित्रको उत्तम व्यवस्थामा हामी जान चाहेका हौँ । राष्ट्रपतिको ठाउँमा राजा राखौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ,’ उनले भने ।
अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको भन्दै उनले वर्तमान व्यवस्था जनतालाई नभएर नेताहरूलाई मात्रै चाहिएको जिकिर गरे । ‘साना राजा, छोटो राजा र महाराजा पाल्नका लागि राजनीतिक दललाई यो व्यवस्था चाहिएको छ । जनतालाई यस्तो व्यवस्था चाहिएको छैन,’ उनले भने ।
गणतन्त्रवादी दलहरूले पूर्व राजालाई हत्यारा भन्दै विभिन्न काण्ड सुनाएपछि सांसद शाही आक्रोशित बने । ‘राजालाई हत्यारा भन्ने हो भने मदन भण्डारीको हत्यारा पत्ता लगाउन तपाइँहरूलाई कसले रोक्यो । आफ्नै प्रधानमन्त्री, आफ्नै राष्ट्रपति हुँदा पनि हत्यारा पत्ता लगाउन के ले छेक्यो?’ उनले एमालेलाई प्रश्न गरे ।
वर्तमान विकृति अन्त्यका लागि राजा सहितको प्रजातन्त्र आवश्यक भएको उनको जिकिर छ ।
What's Your Reaction?






