अमेरिकामा आँधीबाट कम्तीमा ३४ जनाको मृत्यु : सवारीसाधन पल्टिए, घर भत्किए (तस्वीरहरू)

काठमाडौं । अमेरिको दक्षिणी क्षेत्रमा भयानक आँधी आएको छ । नेपाली समयअनुसार आइतबार बिहान आएको आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठले ज्यान गुमाएका छन् । यो खतरनाक आँधीले अमेरिकाका दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुयाएको छ । धेरै सवारीसाधन पल्टिएका छन् […]

Mar 16, 2025 - 07:14
 0
अमेरिकामा आँधीबाट कम्तीमा ३४ जनाको मृत्यु : सवारीसाधन पल्टिए, घर भत्किए (तस्वीरहरू)

काठमाडौं । अमेरिको दक्षिणी क्षेत्रमा भयानक आँधी आएको छ । नेपाली समयअनुसार आइतबार बिहान आएको आँधीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।

मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठले ज्यान गुमाएका छन् ।

यो खतरनाक आँधीले अमेरिकाका दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुयाएको छ । धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् ।

ट्र्याकर पावरआउटेजका अनुसार यसबाट सात राज्यका २.५ लाखभन्दा बढी घरहरू बिजुलीविहीन भएका छन् ।

आँधी प्रभावित राज्यहरूमा मिशिगन, मिसौरी र इलिनोइस रहेका छन्

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register