‘नेपाललाई श्रीलंका हुनबाट जोगाएका छौँ’- मन्त्री गुरुङ 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका छन् ।  विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका हुन् । उनले यो काम सरकारले गरेको पहिलो काम भएको बताएका छन् । तर, अर्थतन्त्रमा देखिएको समस्या समाधानका […]

Mar 16, 2025 - 09:20
 0
‘नेपाललाई श्रीलंका हुनबाट जोगाएका छौँ’- मन्त्री गुरुङ 

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका छन् । 

विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाललाई श्रीलंका हुनबाट जोगाएको बताएका हुन् । उनले यो काम सरकारले गरेको पहिलो काम भएको बताएका छन् ।

तर, अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार लागि परे पनि वाञ्छित सफलता भने हासिल गर्न नसकेको उनले स्वीकारेका छन् । यद्यपि देश असफल हुनबाट जोगिएको मन्त्री गुरुङको दाबी छ । 

हाल देश विकास र अर्थतन्त्र सुधारका लागि सरकारले काम गरिरहे पनि भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीजस्ता कारणले जनतामा निराशा छाएको मन्त्री गुरुङले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register