व्यवस्था विरोधी गतिविधिको सामूहिक प्रतिवादका लागि संवादमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरूलाई एकजुट बनाउने पहल अघि बढाएका छन् । राजा संस्था समर्थित गतिविधि बढ्दै गएपछि गणतन्त्रविरुद्धको षड्यन्त्रमा गणतन्त्रवादी दललाई एकजुट बनाउने पहल प्रचण्डले थालेका हुन् । त्यसका लागि उनले काङ्ग्रेस र एमालेसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद गरिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । शनिवार माओवादी केन्द्रका […]

Mar 17, 2025 - 07:56
 0
व्यवस्था विरोधी गतिविधिको सामूहिक प्रतिवादका लागि संवादमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरूलाई एकजुट बनाउने पहल अघि बढाएका छन् । राजा संस्था समर्थित गतिविधि बढ्दै गएपछि गणतन्त्रविरुद्धको षड्यन्त्रमा गणतन्त्रवादी दललाई एकजुट बनाउने पहल प्रचण्डले थालेका हुन् ।

त्यसका लागि उनले काङ्ग्रेस र एमालेसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद गरिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्नका निम्ति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीका विशेष सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए । उनीसँग प्रचण्डले गणतन्त्रविरुद्धको षड्यन्त्रका लागि गणतन्त्रवादी दल एकजुट हुनुपर्ने आवश्यक रहेको बताएका थिए ।

उक्त छलफलमा प्रचण्डले सरकारकै गतिविधिका कारण गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेकाले व्यवस्थाविरुद्धका षड्यन्त्रका लागि सामूहिक प्रतिवाद आवश्यक रहेको बताएका थिए । यसको अगुवाइ माओवादी केन्द्रले गर्ने सन्देश प्रचण्डले दिएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ‘अध्यक्षले सरकार गलत बाटोमा अग्रसर हुँदा अहिले व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताउनुभयो । माओवादी केन्द्र कोहीसँग पनि सरकारमा नजाने उहाँले प्रस्ट पार्नुभएको छ । गणतन्त्रवादी दलले षड्यन्त्रविरुद्ध सामूहिक प्रतिवाद गर्न आवश्यक रहेकाले त्यसको अगुवाइ माओवादी केन्द्रले गर्ने स्पष्ट सन्देश उहाँले दिनुभएको छ,’ आचार्यले भने ।

वर्तमान घटनाक्रमबारे काङ्ग्रेस र एमाले दुबैका नेतासँग प्रचण्डले प्रत्यक्ष र अप्रत्यक्ष संवाद गरिरहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register