जनकपुर विमानस्थलको धावन मार्ग विस्तार गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर विमानस्थलको धावन मार्ग विस्तार गर्न माग गरेका छन् । धावन मार्ग विस्तार गर्दा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै उनले यस्तो माग गरेका हुन् । ‘हामीले अयोध्या र महाकुम्भमा भीड देख्यौँ । जनकपुरमा पनि धार्मिक पर्यटन संभावना उत्तिकै छ । तर धावनमार्ग छोटो हुँदा ठूलो विमान त्यहाँ जान […]

Mar 19, 2025 - 06:14
 0
जनकपुर विमानस्थलको धावन मार्ग विस्तार गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर विमानस्थलको धावन मार्ग विस्तार गर्न माग गरेका छन् ।

धावन मार्ग विस्तार गर्दा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै उनले यस्तो माग गरेका हुन् । ‘हामीले अयोध्या र महाकुम्भमा भीड देख्यौँ । जनकपुरमा पनि धार्मिक पर्यटन संभावना उत्तिकै छ । तर धावनमार्ग छोटो हुँदा ठूलो विमान त्यहाँ जान सक्दैनन् तसर्थ धावन मार्ग विस्तार होस्,’ उनले भने ।

हाल जनकपुर विमानस्थलको धावन मार्गको लम्बलाई १ हजार ३ सय ६६ मिटर छ । त्यसलाई १ हजार ७ सय मिटर  लामो बनाउन उनको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register