स्थिति तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाउने तयारी

प्रदर्शनकारीहरूले केही पसलहरूमा तोडफोड गरेका छन् भने केही सवारी साधनमा आगो लगाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएको देखिन्छ ।

Apr 12, 2025 - 14:11
 0
स्थिति तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाउने तयारी

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई समुदायबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा स्रोतका अनुसार अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । शनिबार साँझसम्म पनि दुई समुदायबीच तनावकै अवस्था रहेको छ ।

प्रदर्शनकारीहरूले केही पसलहरूमा तोडफोड गरेका छन् भने केही सवारी साधनमा आगो लगाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएको देखिन्छ ।

झडपमा केही स्थानीय र प्रहरी समेत घाइत भएका प्रशासन स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register