एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा

गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् । विज्ञप्तिको सुरुमै उनले भनेका छन्, ुएसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।ु ुशिक्षा जीवनको [...] The post एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा appeared first on Jhapa Online.

Mar 19, 2025 - 08:39
 0
एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा


गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् । विज्ञप्तिको सुरुमै उनले भनेका छन्, ुएसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।ु

ुशिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो’, उनले अगाडि भनेका छन् ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठुलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक श्रोताको माया र विश्वास हो । मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ । हजुरहरूको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो । त्यसैले, जब हजुरहरूका लागि महत्त्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठुलो हुन्छ ।

उनले एसईई परीक्षालाई जीवनको महत्त्वपूर्ण घडी समेत मानेका छन् । ुकेवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सधैँ हजुरहरूकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आइरहेको छ उनले थपेका छन् ।

The post एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register