बुधबार १४.८८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजार ८ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै […]

Mar 19, 2025 - 09:56
 0
बुधबार १४.८८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजार ८ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ६७ काख ३२ हजार ६ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सामुदायिक लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register