नाडाका वरिष्ठ उपाध्यक्ष सदस्यमा घटुवा !

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्षको पद नै घटुवा भएको छ । नाडाले आफ्नो साइटमा वरिष्ठ उपाध्यक्ष रहेका आकाश गोल्छाको पद नै घटुवा गरेर सदस्य राखेको हो । गोल्छालाई नाडाको ४७औँ साधारण सभाले २०८० मंसिरमा वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो । तर, हाल भने नाडाको आधिकारिक वेबसाइटमा गोल्छाको पद वरिष्ठ उपाध्यक्ष नभएर […]

May 1, 2025 - 12:55
 0
नाडाका वरिष्ठ उपाध्यक्ष सदस्यमा घटुवा !

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्षको पद नै घटुवा भएको छ । नाडाले आफ्नो साइटमा वरिष्ठ उपाध्यक्ष रहेका आकाश गोल्छाको पद नै घटुवा गरेर सदस्य राखेको हो ।

गोल्छालाई नाडाको ४७औँ साधारण सभाले २०८० मंसिरमा वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो । तर, हाल भने नाडाको आधिकारिक वेबसाइटमा गोल्छाको पद वरिष्ठ उपाध्यक्ष नभएर सदस्य राखिएको छ । 

यसो त नाडाको साधारण सभाले सदस्य थपदेखि वरिष्ठ उपाध्यक्ष पद थप गर्दै विधान संशोधन गरेको थियो । तर, साधारण सभाले पारित गरेको उक्त विधान जिल्ला प्रशासन कार्यालयले स्वीकृत नगरेको खबर बाहिरिएको थियो । तर, खबर बाहिरिने समयमा पनि नाडाको साइटमा गोल्छाको पद वरिष्ठ उपाध्यक्ष नै थियो । 

तर, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठन भएलगत्तै नाडाको साडटमा गोल्छाको पद घटुवा गरेर सदस्य बनाइएको छ । गोल्छाको पद घटुवाको विषयमा स्वयम् नाडाका पदाधिकारीसमेत अचम्म छन् । साधारण सभा वा कुनै छलफलमा सो विषय नै समावेश नगरी एक्कासी वरिष्ठ उपाध्यक्षबाट गोल्छालाई सदस्यमा घटुवा गर्नु ठिक नभएको नाडाका एक पदाधिकारीले बताएका छन् । 

यता नाइमा गठनपछि नाइमा गठन गर्न गोल्छा समूहले सक्रिय भूमिका खेलेको चर्चा चलेको थियो । सम्भवतः सोही कारण आकाश गोल्छाको पद घटुवा गरिएको हुनसक्ने गोल्छा निकटहरुले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register