इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ । साथै, १० लाख रुपैयाँ जरिवाना तोकेको बीबीसीले जनाएको छ । सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले […]

Jan 17, 2025 - 07:59
 0
इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ ।

साथै, १० लाख रुपैयाँ जरिवाना तोकेको बीबीसीले जनाएको छ ।

सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ ।

अदालतले यो सजाय सुनाउँदा इमरान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए ।

इमरान र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड तथा अल-कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनद्वारा अल-कादिर विश्वविद्यालयलाई ४५० कनल (५६ एकड)भन्दा बढी जग्गा दानसँग सम्बन्धित छ ।

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी अल-कादिर विश्वविद्यालयका ट्रस्टी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register