भीमसेन शिला तरवारमा चढाउन ५२ केजीको घण्टा

दोलखा। गीतकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलामा चढाउन ५२ केजीको घण्टा र उक्त घण्टा राख्न आवश्यक पर्ने सामग्री उपलब्ध गराएका छन् ।  समाजसेवी उप्रेतीले ५२ केजीको उक्त घण्टा र आवश्यक सामग्री सङ्गितकार एवम् पत्रकार प्रविण प्रसाद थपलियालाई हस्तान्तरण गरेका छन् । […]

Mar 19, 2025 - 15:52
 0
भीमसेन शिला तरवारमा चढाउन ५२ केजीको घण्टा

दोलखा।

गीतकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलामा चढाउन ५२ केजीको घण्टा र उक्त घण्टा राख्न आवश्यक पर्ने सामग्री उपलब्ध गराएका छन् । 

समाजसेवी उप्रेतीले ५२ केजीको उक्त घण्टा र आवश्यक सामग्री सङ्गितकार एवम् पत्रकार प्रविण प्रसाद थपलियालाई हस्तान्तरण गरेका छन् । धार्मिक एवं पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन शिला तरवारमा आगामी २०८२ बैशाख– १ गते हुने सामूहीक लघुरुद्रीको अवसरमा समाजसेवी शोभित उप्रेतीबाट प्राप्त घण्टा भीमसेन शिला तरवार रहेको स्थानमा राखिने पत्रकार थपलियाले बताए ।

घण्टा हस्तान्तरणको अवसरमा समाजसेवी एवम् गीतकार शोभित उप्रेतीलाई सामूहीक लघुरुद्री आयोजकको तर्फबाट सम्मान गरिएको थियो । 

किंवदन्ती अनुसार द्वापर युगमा भीमसेन शैलुङको बाटोहुदै नेपाल मण्डल प्रवेश गर्नेक्रममा चार हजार आठ सय मिटरको उँचाईमा रहेको शैलुङ डाँडामा तरवार (खड्ग) राखेर विश्राम गरेको र तरवार त्यही  छोडेका थिए । त्यस यता स्थानीयले भीमसेन शिला तरवारलाई पूजा गर्दै आएका छन् । 

बैशाख– १ गते हुने लघु रुद्री पुजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन शिला तरवारमा २३ जना गरी ३६ जना पण्डीतहरुले पूजा गर्ने कार्यक्रम रहेको लघुरुद्री आयोजक समितिका संयोजक प्रबिण थपलियाको भनाई छ । 

यस अघि भीमा एकादशीको दिन गुरुबा, आचाजु लगायतबाट शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पूजा समेत गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register