तल्लो बाटोबाट अमेरिका जाने परम्परा तोड्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमशक्तिको विदेश पलायन रोक्न आवश्यक चेतनाको अभाव देखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिँदै उनले ऋण काढेर असुरक्षित आप्रवासन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जाेड दिए । प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन बाँझो छाडेर, ऋण काढेर विदेश जाने प्रवृत्ति उचित होइन। तल्लो […]

Mar 20, 2025 - 07:12
 0
तल्लो बाटोबाट अमेरिका जाने परम्परा तोड्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमशक्तिको विदेश पलायन रोक्न आवश्यक चेतनाको अभाव देखिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिँदै उनले ऋण काढेर असुरक्षित आप्रवासन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जाेड दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन बाँझो छाडेर, ऋण काढेर विदेश जाने प्रवृत्ति उचित होइन। तल्लो बाटोबाट अमेरिका पुगेर निस्कासित भएर फर्किनु समाधान होइन। यसलाई रोक्न चेतनाको स्तर वृद्धि गर्नुपर्छ।’

उनले विदेश पलायनको प्रवृत्तिमा नकारात्मक सोचको पनि भूमिका रहेको बताए। ‘व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन भन्ने हौवा फैलिएर विदेश जाने क्रम बढेको छ। यो सत्य होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारका अवसर सिर्जना गर्दै युवालाई मुलुकमै योगदान दिन प्रेरित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register