बेलायतमा जुलाईदेखि ग्यास, बिजुलीको भाउ घट्दै

लन्डन । बेलायत बस्नेहरुको लागि थोरै भएपनि राहत महसुस गराउने एउटा खबर छ । आगामी जुलाई महिनादेखि बेलायतमा ग्यास र बिजुलीको भाउ घट्ने भएको छ । बेलायतको एनर्जी रेगुलेटर निकाय अफजेमले जुलाईदेखि ग्यास बिजुलीको भाउ ७ प्रतिशतले घट्ने जनाएको छ । भाउको यो गिरावटपछि एक औसत घरमा ग्यास बिजुलीको बिल पहिलाको तुलनामा मासिक एघार पाउन्डले […]

May 23, 2025 - 15:48
 0
बेलायतमा जुलाईदेखि ग्यास, बिजुलीको भाउ घट्दै


लन्डन । बेलायत बस्नेहरुको लागि थोरै भएपनि राहत महसुस गराउने एउटा खबर छ । आगामी जुलाई महिनादेखि बेलायतमा ग्यास र बिजुलीको भाउ घट्ने भएको छ ।

बेलायतको एनर्जी रेगुलेटर निकाय अफजेमले जुलाईदेखि ग्यास बिजुलीको भाउ ७ प्रतिशतले घट्ने जनाएको छ । भाउको यो गिरावटपछि एक औसत घरमा ग्यास बिजुलीको बिल पहिलाको तुलनामा मासिक एघार पाउन्डले कम हुनेछ ।

वार्षिक रुपमा बुझ्दा यसअघि औसतमा वार्षिक १ हजार ८ सय ४९ पाउण्डको बिल तिर्ने एक घरले जुलाईदेखि वार्षिक १ सय २९ पाउण्ड थोरै अर्थात् १ हजार ७ सय २० पाउण्डमात्रै बुझाए पुग्नेछ।

ग्यास बिजुलीको लागि भेरियबल रेटमा रहेर खपतअनुसार शुल्क बुझाउनेहरुको लागि जुलाइदेखि नै घटेको दर लागू हुनेछ । तर फिक्स्ड डिल गरेर निश्चित शुल्क बुझाउनेहरुको लागि भने तत्काल लाभ मिल्नेछैन ।

जुलाइदेखि हुन लागेको भाउ गिरावट बेलायतका इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका लागि भएपनि नर्दन आयरल्यान्डमा भने लागू हुनेछैन ।

हुन त यो भाउ घट्न लागेको जुलाइ महिना बेलायतमा ग्यास बिजुलीको खपत निकै न्यून हुने समर सिजन हो । तर त्यतिबेला घटेको भाउ केही महिनापछि वीन्टर सिजन आउँदासम्म पनि यथावत रहने अपेक्षा गरिएको छ ।

रेगुलेटर अफजेमले आम ग्राहकहरुलाई भाउ घट्ने बेलामा आफ्नो घरको ग्यास, बिजुलीको लागि वितरक कम्पनीहरुसंग नयाँ डिल खोज्न सुझाव दिएको छ । घटेको दरमा नयाँ डिल गर्दा आफ्नो एनर्जी बिलमा वार्षिक २ सय पाउण्डसम्म बचत गर्न सकिने सुझाव छ ।

यसअघि गत अप्रिल महिनादेखि मात्रै बेलायतमा ग्यास, बिजुलीदेखि पानीसम्मको भाउ बढाइएको थियो । त्यसैले जुलाईमा घट्दा समेत ग्यास बिजुलीको भाउ ठीक एक वर्षअघिको भन्दा पनि बढी नै रहनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register