दुई दिनकी सुत्केरी एसइईमा सहभागी
राजेन्द्र विकबाजुरा, ७ चैत । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी हुनुभएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसइई परीक्षामा सहभागी हुनुभएको हो। २० बर्षीया सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका वडा नम्बर९१ स्थित सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी [...] The post दुई दिनकी सुत्केरी एसइईमा सहभागी appeared first on Jhapa Online.

राजेन्द्र विक
बाजुरा, ७ चैत । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी हुनुभएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसइई परीक्षामा सहभागी हुनुभएको हो।
२० बर्षीया सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका वडा नम्बर९१ स्थित सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।
दुई दिनकी सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका स्थित कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसइई परीक्षामा सहभागी हुनुभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताउनुभयो ।
प्रमुख जोशीका अनुसार दुई दिनकी सुत्केरी ल्वारलाइ घरबाट गाडीमा ल्याएर सहज रुपमा एसइई परीक्षा दिने वातावरण मिलाइएको छ।
The post दुई दिनकी सुत्केरी एसइईमा सहभागी appeared first on Jhapa Online.
What's Your Reaction?






