आइपिओको तयारीमा रहेको जनता टेलिभिजनमा कर्मचारीले ८ महिनादेखि तलब पाएनन्

काठमाडौँ । प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको जनता टेलिभिजनले आफ्नै कर्मचारीलाई तलब नदिएको पाइएको छ । टेलिभिजनले कर्मचारीलाई ८ महिनादेखि तलब नदिएको पाइएको हो ।  महिनौँदेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफूहरुले पाउनुपर्ने तलब निःशर्त उपलब्ध गराउन माग गरेका छन् ।  यसो त यो त्यही टेलिभिजन हो, जसले निजी सञ्चार […]

May 13, 2025 - 07:35
 0
आइपिओको तयारीमा रहेको जनता टेलिभिजनमा कर्मचारीले ८ महिनादेखि तलब पाएनन्

काठमाडौँ । प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको जनता टेलिभिजनले आफ्नै कर्मचारीलाई तलब नदिएको पाइएको छ । टेलिभिजनले कर्मचारीलाई ८ महिनादेखि तलब नदिएको पाइएको हो । 

महिनौँदेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफूहरुले पाउनुपर्ने तलब निःशर्त उपलब्ध गराउन माग गरेका छन् । 

यसो त यो त्यही टेलिभिजन हो, जसले निजी सञ्चार माध्यमहरुमध्ये पहिलो पटक आईपीओ जारी गर्ने तयारी गरेको थियो । टेलिभिजनले सेयर निष्कासन गर्ने सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौतासमेत गरिसकेको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेलले आईपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको सुरुवात हुने उद्घोष गरेका थिए । तर, नेपाली मिडिया क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेको टेलिभिजनले कर्मचारीलाई नै तलब दिन नसकेको खुलेको छ । कम्पनीको वित्तीय अवस्था दयनीय भएकै कारण कर्मचारीको तलब दिन नसकेको टेलिभिजनमै कार्यरत कर्मचारीले बताएका छन् ।

आफ्नै कर्मचारीलाई ८ महिनादेखि तलब दिन नसकेको जनता टेलिभिजनले आईपीओ ल्याए टेलिभिजनसँगै लगानीकर्ता पनि डुब्ने जोखिम उच्च रहेको विश्लेषण गर्न थालिएको छ । हाल टेलिभिजनका कर्मचारीहरु आफूहरुले पाउनुपर्ने तलब माग गर्दै कामै छोडेर आन्दोलनमा उत्रिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register