देश र जनताका लागि केही गर्न नसकेको आशयसहित गीता गुरुङले दिइन् प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मङ्गलबारसभामुखलाई पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । गुरुङले पत्रमा देश र जनताका लागि केही गर्न नसकेको आशय व्यक्त गरेकी छिन् । सभामुखलाई उनले बुझाएको राजीनामामा देश र जनताको पीर–मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने […]

May 13, 2025 - 07:41
 0
देश र जनताका लागि केही गर्न नसकेको आशयसहित गीता गुरुङले दिइन् प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मङ्गलबारसभामुखलाई पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

गुरुङले पत्रमा देश र जनताका लागि केही गर्न नसकेको आशय व्यक्त गरेकी छिन् ।

सभामुखलाई उनले बुझाएको राजीनामामा देश र जनताको पीर–मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेस गरेकी हुन् ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ’, उनले लेखेकी छन् ।

गुरुङ डा सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register