नागढुंगा–मुग्लिन सडक पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै डीपी अर्यालको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग […]

May 13, 2025 - 07:17
 0
नागढुंगा–मुग्लिन सडक पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै डीपी अर्यालको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे ।

‘प्रधानमन्त्री र मन्त्रीहरू हवाइजहाज र हेलिकोप्टरमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन । नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ,’ उनले भने, ‘यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीहरूसँग छलफल र संवाद गरेर तीन सिफ्टमा कामगरी बर्खा अगावै जोखिम कम हुनेगरी काग गराउन सरकारसँगको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register