लिपुलेक भ्रमण कहिले ? प्रधानमन्त्रीको जवाफ – तत्काल योजना छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रहरूको भ्रमणका लागि हाल कुनै तत्काल योजना नरहेको जानकारी दिएका छन् । बिहीबार संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई उक्त क्षेत्रहरूको भ्रमण कहिले गर्ने योजना रहेको छ भनी सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, “अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ […]

Mar 20, 2025 - 07:48
 0
लिपुलेक भ्रमण कहिले ? प्रधानमन्त्रीको जवाफ – तत्काल योजना छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रहरूको भ्रमणका लागि हाल कुनै तत्काल योजना नरहेको जानकारी दिएका छन् ।

बिहीबार संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई उक्त क्षेत्रहरूको भ्रमण कहिले गर्ने योजना रहेको छ भनी सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, “अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ ।”

त्यसपछि प्रधानमन्त्रीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, “माननीयज्युको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register